वडाध्यक्ष र वडासचिव साढे ४ लाख घुससहित पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका( २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई साढे चारलाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका एक अधिकारीले जानकारी दिए ।

वडाअध्यक्ष र वडासचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।