कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
काठमाडौं।नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गरेको छ। बुधबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखको राजीनामा मागेको हो।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको कांग्रेसको ठहर छ।