दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं। दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत। १३ असोजदेखि सुकिला नोट साट्न सकिने जानकारी दिएको हो।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर, यसवर्ष भने राष्ट्र बैंकले नयाँ नोट नछापी एकपटक प्रयोगमा आइसकेका सुकिला नोट साट्न पाइने व्यवस्था गरेको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताए।