उपचार सहायता स्वरुप संकलित रकम हस्तान्तरण
कमल कोपिला
कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ३ भराता स्थायी घर हुनुभएका मान बहादुर बिष्टको मुटु मृगौंलामा समस्या देखिएपछि एक्कासि बिरामि भई विगत केही दिनदेखी काठमाडौंको शिक्षण अस्पताल महाराजगंजमा अहिले उपचाररत हुनुहुन्छ।
अन्दाजी पैचालिस वर्षिय बिस्ट सामाजिकरुपमा अब्बल र सबैको पृय व्यक्ती पनि हुनुहुन्थ्यो। तर अहिले उहाँ उपचारका लागि काठमाडौको हस्पिटलको बेडमा छटपटाईरहनु भएको छ।
उपचारका लागि घरको आर्थिक अवस्था न्यून रहेको अवस्थामा उहाँ एक्कासि बिरामि हुनुभयो। तर यता सामाजिक संजालमा भने केही मनकारी युवाहरुले उहाँको उपचार सहायता स्वरुप सहयोगका लागि बिराम बाट मुक्त गराउनका लागि अभियान नै संचालन गरिएको थियो।
केही हप्ता अघिदेखी संचालन भएको यो अभियानमा धेरै मानिस जोडिनुभएको छ। स्थानिय जनप्रतिनिधि कर्मचारी देखि सर्वसाधारण लगायत देश विदेश मार्फत उहाँको उपचार सहायत स्वरुप सहयोग रकम जुटेको छ। सामाजिक संजालमा थालिएको यो अभियानलाई हालसम्म सम्पुर्णको सहयोगार्थ स्वरुप ३ लाख ७५ हजार ४ सय नेपाली रकम जम्मा भएको थियो।
सोही रकम आज अभियानकर्ता र एक कार्यक्रमका बिच कार्यक्रममा उपस्थित सम्पुर्ण ग्रहित आतिथ्यका तर्फबाट बिरामिकि श्रीमति जनपुरा बिस्टलाई हस्तान्तरण गरिएको छ।
मुख्य अभियान कर्ता गणेश बिस्टले, घरको अवस्था नाजुक र बिरामिको प्रकृत्ती जोखिम रहेकाले उहांको उपचार सहायतामा केही राहत होस भन्ने हेतुले आफुहरुले यो अभियान थालेको बताउनुभयो।
साथै उहाँले सहयोग गर्ने र अभियानकर्ता सम्पुर्णलाई धन्यवाद समेत दिनुभएको छ। सो रकम आज नरहरिनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं ३ का वडा अध्यक्ष कटक ब बुढा, पुर्व वडा अध्यक्ष टक्क ब बिस्ट त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल लगायत जनप्रतिनी कर्मचारी संघसंस्थाका प्रतिनिधि र अभियानकर्ता द्वारा आज गाउँपालिकामा एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको अभियानकर्ताले बताएका छन।
सो कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले मानिसहरुको अकल्पनीय सहयोग गरेको देख्दा आफू गौरवान्वित भएको र सहयोग मार्फत बिरामीको सम्पुर्ण घाउ नमेटिए पनि केही हद मलम लगाउन पाउँदा आफू पनि खुशी भएको बताउनुभयो।
अभियान कर्ता र सहयोगार्थ सम्पुर्णलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो। भने गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं ३ का वडाध्यक्ष बुढाले मान ब बिस्ट पिडित भैइरहदा सरकारको अभिभावक भएको नाताले आफू पिडित भएको महसुस गरेको भन्दै मनकारि सहयोगि र अभियानकर्तालाई धन्यवाद व्यक्त गर्नुभयो।
गाउँपालिकाको तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष काम बिशेषले बाहिर रहेकाले आउने बित्तिकै सहयोग गर्न पहल गर्ने बताउनुभयो।
त्यस्तै आज सम्पन्न सो कार्यक्रममा बोल्दै पुर्व वडाध्यक्ष टक्क ब बिष्टले स्थानिय सरकारसँग थप सहयोगका लागि पनि अपिल गर्नुभयो। यस्तै वडासदस्य अमर बिष्टले आगामि दिनमा पनि उहाँको सहयोगका लागि अपिल गर्नुभयो। सो हस्तान्तरण कार्यक्रमको संचालन भने अभियानकर्ताका सदस्य छत्र ब बिस्टले गर्नुभएको थियो।