टीकटक कम्पनीमा नेपालीलाई खुल्यो जागिर, यस्ता छन् मापदण्ड
काठमाडौं । टीकटक कम्पनीले नेपालीको लागि जागिर खुला गरेको छ।
कम्पनीको आधिकारिक वेबसाइटमा बताइए अनुसार सार्वजनिक नीति व्यवस्थापक अर्थात् पब्लिक पलिसी म्यानेजरको पद टीकटक कम्पनीले खुला गरेको हो।
तर, जागिरको मुकाम भने नेपाल नभएर दुबईमा हुनेछ। विश्वभर ११ स्थानमा कार्यालय भएको टीकटकको मुख्यालय सिंगापुर र लस एन्जलसमा छन् भने अरु कार्यालयहरु दुबई, सिओेल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन र न्यू योर्कमा छन् ।
सार्वजनिक नीतिमा काम गरेको, सरकारी निकायसँग जोडिएर काम गरेको अनुभव भएको, गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव भएको तथा नेपाली र अंग्रेजी लेखन, पठनमा पोख्त हुनुपर्ने लगायतका योग्यताहरु टीकटकले तोकेको छ।