असोज ३ गतेदेखि धरहरा खुला गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ देखि सर्वसाधारणका लागि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ। २०७२ को भूकम्पले ढल्नु अघि अघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो।

महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो। बिहीबारको मन्त्रिपरिषद बैठकले भने धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको हो।