जनपत्रकार संगठन नेपालद्वारा पत्रकार पाण्डेप्रति श्रद्धाञ्जली,सपना साकार पार्ने प्रतिबद्धता

काठमाडौं। जनपत्रकार संगठन नेपालले संगठनका सचिवालय सदस्य,वरिष्ठ पत्रकार एवम् उत्थान साप्ताहिक पत्रीकाका सम्पादक सुदर्शनराज पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै उहाँको सपना साकार पार्ने प्रतिबद्धता गरेको छ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित शोक वक्तव्य मार्फत पाण्डेले जनपक्षीय पत्रकारिता आन्दोलनमा पुर्‍याएको योगदानको उच्च सम्मानसहित उहाँका अधुरा कामलाई पुरा गर्न अगाडि बढ्ने बताइएको हो।

अग्रज पत्रकार पाण्डेको निधनप्रति श्रद्धाञ्जली र परिवारहरुमा समवेदना व्यक्त गर्न शुक्रबार जारी वक्तव्यमा उहाँको निधनले हाम्रो संगठन र समग्र जनपक्षीय पत्रकारिता आन्दोलनमा समेत गम्भीर क्षति पुगेको महसुस गर्दै सर्वप्रथम वरिष्ठ पत्रकाकार पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।

साथै दुखको यो समयमा उहाँको परिवारजन, आफन्तहरुमा धैर्यधारणको कामनासहित गहिरो समवेदना प्रकट गर्दछौं भनिएको छ। त्यस्तै शोक वक्तव्यमाूपत्रकार सुदर्शनराज पाण्डे बैचारिक हिसाबले बामपंथी, कम्युनिस्ट र प्रगतिशील बिचारधाराबाट प्रभावित र प्रेरित हुनुहुन्थ्यो।

तर पेशागत मर्यादा एवम् दृढता ,सबै बिचार र आस्थाप्रतिको सम्मानभाव, निस्वार्थपन र सरल जीवनपद्धति उहाँका स्वभावगत विशेषता हुन् भन्दै पाण्डेले आत्मसात गरेको न्याय र परिवर्तनको बाटो, सपना र असल कर्मका शिक्षाहरु भने जीवित छन्,ती कहिल्यै मर्ने छैनन्।

हामी र हाम्रो पुस्ताको पत्रकारिता आन्दोलनले उहाँलाइ स्मरण गरिरहनेछ ।यस सन्दर्भमा हामी उहाँको बिचार र योगदानप्रति उच्च सम्मान गर्दै अगाडि बढ्ने प्रण गर्दछौं भनेर संगठने प्रतिबद्धता समेत जनाएको छ।

यस्तो छ शोक वक्तव्यको पूर्ण पाठ