दुर्गा प्रसाइँको अगुवाइमा ट्याक्सी चालकहरुको प्रदर्शन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाइँको अगुवाइमा ट्याक्सी चालकहरू प्रदर्शनमा उत्रिएका छन्। शुक्रबार उनीहरु भक्तपुरबाट ट्याक्सीसहित काठमाडौंतर्फ अघि बढेका थिए। जसमा कारण केही समय ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो।

मेडिकल व्यवसायी प्रसाइँको निवासनजिक मध्यपुर थिमि नगरपालिका वडा नम्बर–६ कमलोटारबाट ट्याक्सी चालकहरूले प्रदर्शन सुरू गरेका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी महोमणि अधिकारीका अनुसार राइड सेयरिङ एपको भाडादर र ट्याक्सीमा हुने भाडादर फरक हुनुपर्ने, रातो प्लेटका सवारी साधनले यात्रु बोक्न नहुनेलगायत माग राख्दै ट्याक्सी चालकहरू प्रदर्शनमा उत्रिएका हुन्।

ट्याक्सी चालकको मागप्रति प्रसाइँले समर्थन जनाएका छन् । प्रदर्शनमा करिब दुई सय ट्याक्सीसहित चालकहरू ¥यालीमा सहभागी थिए।