राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु वर्षे अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले आज (सोमबार) राति १२ बजेबाट लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।