कैलाली कारागारमा एक कैदीको मृत्यु

काठमाडौं। कैलाली कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिक रहेका छन्।

हाडनाता करणी मुद्दामा कारागार चलान भएका उनी सोमबार दिउँसो करिब साढे ३ बजेतिर शौचालयमा वेहोश अवस्थामा भेटिएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए।