संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुन्छ: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन्।

नेपाल पर्वतारोहण सङ्घको ३४ औं वार्षिक साधारण सभालाई मङ्गलबार काठमाडौंमा सम्बोधन गर्दै उनले हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशनबाट बिभिन्न ऐनहरुलाई अघि बढाउने बताएका हुन्।

पर्यटन,संस्कृति,हवाई उड्यन,लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेको उनले जानकारी दिए। त्यस्तै उनले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा परिमार्जनका लागि सुझाव दिन आग्रह गरे। उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको अवस्थामा तत्परताका साथ लाग्ने धारणा राखे।

मन्त्री पाण्डेले मुलुकको दुई पार्टीको सिन्डीकेट नभइ मुलुक बनाउनका लागि सवै दलहरूलाई जोड्दै अघि बढ्न चाहेको उल्लेख गरे। उनले अहिलेको सरकार ८४ सम्म चल्ने र मुलकको समृद्धि र विकासका लागि काम गर्ने बताए।