सहकारीको रकम दुरुपयोग गर्नेलाई प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारीको बचत रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनको आधार कारबाही अघि बढाइने बताएका छन्। बुधबार गणेशमान सिंहको २७औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेस गरिसकेको बताउँदै उक्त प्रतिवेदन सभामुख देवराज घिमिरेले सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको पनि बताए।

उनले भने, ‘अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही सुरु गर्ने गर्छ। समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रिपरिषदमा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।