सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ।

भदौको अन्तिम दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ।

अघिल्लो दिन प्रतितोला १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।