कारबाही सिफारिस हुँदा पनि रवि झनै हौसिए,कांग्रेसलाई दिए प्रमाणित गरेर देखाउन कडा चेतावनी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छ्न्।

काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै रविले यस्तो बताएका हुन। उनले आफू सहकारी ठग नभएको संसदीय छानविन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका थिए।

सहकारीको बचत रकम ठगी प्रकरणमा संसदीय छानबिन समितिले रविको पनि संलग्नता औल्याउँदै प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको छ।

समितिले करिब साढे तीन महिना अनुसन्धान गरेर सोमबार संसदमार्फत सरकारलाई बुझाएको प्रतिवेदनमा रविलाई तत्कालीन गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रुपमा दोषी किटान गरेको छ। तर रास्वपाका नेताहरु र स्वयं सभापतिले रवि दोषी ठहर नभएको र ‘क्लिन चिट’ पाएको भन्दै फूर्ति देखाइरहेका छन्।

यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ। कार्यक्रममा उनले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने बताउनु भयो।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो भन्दै प्रश्न समेत गरेका थिए। उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरेका थिए।

 रविले सहकारी प्रकरणमा आफू निर्दोष रहेको पुष्टि भएको भन्दै उल्टै आफूलाई आक्षेप लाउने काँग्रेस महामन्त्री गगन थापालाई शब्द मार्फत दनक दिएका छन्। आफूलाई नङ्ग्याउन नसकेपछि अब तिनीहरुले गोरखा मिडियातिर तान्ने प्रयास गर्ने रविको भनाइ छ।

मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेला उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको कुरा छानबिन समितिले प्रमाणित गरेको तर्क गरे । काँग्रेस महामन्त्री थापाप्रति लक्षित गर्दै उनले प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो होला नि भनेर प्रश्न समेत उठाए।

महामन्त्री थापाले रवि सहकारी ठगीमा संलग्न रहेको प्रमाण आफूसँग रहेको भन्दै गत जेठसम्म संसदमा अवरोध गर्नेमध्ये अग्रणी थिए र उनीहरुकै मागमा संसदीय छानबिन समिति बनाइएको हो।

तर रविले गगनलाई खिसी गर्दै ‘प्रमाण’ छ भनेको नभएर ‘प्रणाम’ छ भनेको बताए। उनले आफूले पनि गगनलाई ‘प्रणाम’ अर्थात् नमस्कार फर्काएको टिप्पणी गरे। आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन समेत उनले आग्रह गरे।

यसअघि सोमबार संसद भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रविले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने गरेको स्वीकारेका थिए ।

तर हस्ताक्षर चलाउँदै आफू दोषी नहुने र गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी–कमजोरीहरुको भागीदार पनि आफू नहुने उनले बताए । सहकारीबाट पैसा झिक्नेमा आफू नरहेकाले निर्दोष रहेको उनको भनाइ थियो ।

रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्लेले रविले सहकारी ठगीको आरोपमा ‘क्लिन चिट’ अर्थात् सफाइ पाएको बताएका छन्। संसदीय छानबिनपछि सहकारीका वास्तविक ठगहरुको प्रकरण उजागर भएको र रवि निर्दोष देखिएको उनको भनाइ छ।

रविलाई आरोप लगाएर रास्वपामा क्षति गर्ने मनसायका साथ विरोधीहरुले संसदीय छानबिन समितिको माग गरेका थिए भन्दै वाग्लेले रविविरुद्ध लागेको आरोप खारेज भएको जिकिर गरे ।

यद्यपि संसदीय छानबिन समितिले भने गोर्खा मिडियाको तत्कालीन सञ्चालकको नाताले रविले पनि जिम्मेवारी लिनुपर्ने भन्दै कानुनअनुसार कारबाहीका लागि सिफारिस गरेको छ।

समितिले प्रतिवेदनको परिच्छेद १८, दफा १८, उपदफा १ को बुँदा नम्बर ४ मा रवि लामिछाने सहितका सञ्चालकलाई कारबाहीका लागि सिफारिस गरेको छ। गोरखा मिडियाको सञ्चालक, सदस्य तथा प्रबन्ध निर्देशकको हैसियतमा सहकारी रकम अपचलनमा संलग्न रहेकाहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न भनिएको छ।

साथै गोर्खा मिडियामा रविले सित्तैमा पाएको र पछि फिर्ता गरिएको भनिएको १५ प्रतिशत शेयर पनि अवैध रहेको समितिको निष्कर्ष छ। विभिन्न सहकारीहरुबाट गैरकानुनी रुपमा करिब ६५ करोड रकम गोर्खा मिडियामा आएको ठहर गर्दै सो रकम खर्च गर्ने, गराउने प्रक्रियामा सहभागी सबै सञ्चालक तथा कर्मचारीहरुलाई कानुन बमोजिम गर्न समेत समितिको प्रतिवेदनमा सिफारिस गरिएको छ।

चोरीको कुनै पनि सामान किन्ने मान्छे समेत दोषी ठहर हुने कानुन रहेको नेपालमा सहकारीबाट लाखौँ बचतकर्ताको रकम अवैध रुपमा कम्पनीमा ल्याएर अपचलन गर्नेहरु सबै दोषी हुनुपर्ने नै हुन्छ।

यही कुरा छानबिन समितिको प्रतिवेदनले स्पष्ट किटान गरेको छ। तर रास्वपामा भने रवि निर्दोष रहेको भन्दै खुसियाली देखिन्छ। अब सरकारले रविलाई के–कसरी कारबाही गर्छ या गर्दैन, हेर्न बाँकी छ। 

सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरु ननाङ्गिन आग्रह समेत गरेकान थिए। उनले रास्वपा नसकिएको भन्दै अरुलाई रास्वपाले सक्काउने चेतावनी समेत दिए।