प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान भएको छ।

आज (बिहीबार)बसेको संसदीय सुनुवाई समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदुत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रधानन्यायाधीशमा सिफारिस राउत र प्रस्तावित राजदूतहरु यादव र लम्सालविरुद्ध उजुरी आह्वान गरिएको जानकारी दिए।