नेपाल कम्युनिस्ट पार्टीकी नेतृ सुनितासहित ७ जना संसद् भवन अगाडिबाट पक्राउ

काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने नेपाल कम्युनिस्ट पार्टीका ७ जना नेता पक्राउ परेका छन्।

प्रहरीले आफ्ना ७ जना नेता कार्यकर्तालाई पक्राउ गरेको सहसंयोजक हरिकृष्ण गजुरेलले जानकारी दिए। संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको नेता गजुरेलले बताए।

उनले भने साम्राज्यवादी प्रतिक्रियावादी संविधान खारेज गरेर जनताको संविधान लागू गर्नु पर्ने आफ्नो पार्टीको माग रहेको बताए। यो जनताको संविधान होइन,यो खारेजी गरेर जन-संविधान जनताको पक्षमा नभएसम्म आफ्नो पार्टीले आन्दोलन गरिरहने नेता गजुरेलले बताए।

उनले भने भ्रष्ट,माफिया र दलालहरूकाे ओली सरकारले विरोध गर्ने जनताको अधिकारमाथि प्रहरी प्रशासन प्रयोग गरि दमन गरेर गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तुरुन्तै रिहाइ गर्न माग गरेका छन्।

जनताको संविधान हुनुपर्नेमा माफिया,दलाल र भ्रष्टाचारीहरूकाे पक्षमा देखिएको ओली सरकारकाे यस्तो खाले दमनकाे प्रतिकार गर्ने नेता गजुरेलले चेतावनी दिए।

पक्राउ पर्नेमा पार्टीकी मध्य कमान्ड र जबसका कमरेडहरू, सुनिता बुढाथोकी,केन्द्रीय सदस्यीयहरू क. विद्रोही, क. प्रकाश, क. मोज, क. समिर, क. धर्ती, क. मोहनलगायतलाई ‘संसद भवन’ बानेश्वरकाे गेट अगाडिबाट कालो झण्डा देखाउने क्रममा साम्राज्यवादी प्रतिक्रियावादी सरकारद्वारा गिरफ्तार गरिएको थियोे। गिरफ्तारीकाे घोर भत्सर्ना गर्दै नेपाल कम्युनिस्ट पार्टीका संयोजक वसन्त बाेगटीले सम्पूर्ण नेता कार्यकर्ताहरूलाई अविलम्ब रिहाई गर्न माग गरेका छन्।

अहिले पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ।

विभिन्न समूहले संविधानको विरुद्धमा प्रदर्शनका कार्यक्रम पनि गरिरहेका छन् ।