नेपालमा १४ प्रदेशको आवश्यकता छ:अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन्।

एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा १४ प्रदेशको आवश्यकता भएको बताएका हुन्। उनले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने बताए। उनले माओबादी केन्द्र अझै पनि १४ प्रदेशको पक्षमा रहेको बताए।

साथै उनले आफूहरुले समानुपातिक निर्वाचन प्रणालीको पक्षमा समेत रहेको बताएका छन्। समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो उनको भनाइ छ।