एकैदिन सुन तोलामा १५ सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ।
यसअघि भदौ अन्तिम दिन १ लाख ५७ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो।
चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ।