विद्यालयका किताब परिमार्जन गर्ने तयारी,कस्ता बनाइदै छ नयाँ ?

काठमाडौं। विद्यालयल तहको पाठ्यक्रम उमेर अनुसारको सिकाई अनुरुप नभएको भन्दै पाठ्क्रम परिमार्जन गर्ने तयारी गरिएको छ। अहिलेको पाठ्यक्रम सिकाइ केन्द्रित भन्दा पढाई केन्द्रित र विद्यार्थीको बुझाई भन्दा बढि गाह्रो भएको भन्दै पाठ्यक्रम परिमार्जन गर्न लागिएको हो। अब नयाँ बनाइने पाठ्यक्रममा कस्ता कुरा समेट्ने त रु यसबारे छलफल थालिएको छ।

मानव जीवनका अनौपचारिक मात्रै होइन औपचारिक शिक्षाको पनि ठुलो महत्व हुन्छ। पाठ्क्रमको गुणस्तरता र प्रभावकारीता अनुसार शिक्षाको प्राप्ति हुने गर्छ। तर, पाठ्यक्रमको सङ्गठित सिकाइ र उपलब्धिहरू भने व्यवहारमा लागू गर्न मिल्ने हुनुपर्दछ।

साथै यसरी प्रदान गरिने औपचारक शिक्षा, समय सापेक्ष, विद्यार्थीको उमेर अनुसार सिक्न सक्ने खालको हुनुपर्दछ। तर अहिले विद्यालय स्तरमा पठाई हुने कतिपय विषयहरु विद्यार्थीको सिकाई र बुझाई भन्दा गाह्रो भएको भन्दै अहिले विद्यालय तहको पाठ्क्रम परिमार्जन गर्ने तयारी थालिएको छ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार चालु आर्थिक वर्षमा इसीडीको कक्षा १,२ र ३ को समाजिक, कक्षा ४ देखि १२ सम्मको को पाठ्यक्रम परिमार्जन गरिने तयारी छ।

यसैगरी २०८२ मा ६ र ८ र ११ र १२ को पाठ्क्रम तथा २०८३ मा कक्षा ४, ५ र ९ र १० को परिमार्जन गर्ने तयारी रहेको केन्द्रको भनाइ छ।

पाठ्यक्रम पूर्ण शैक्षिक योजना र पूर्ण प्रणाली हो । पाठ्यक्रम देशमा आएको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन, विज्ञान तथा प्रविधिमा भएको द्रुत विकास, अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धी र नागरिकका इच्छा, आकांक्षा र आवश्यकतालाई समेत पूरा गर्नका लागि पाठ्यक्रमको संशोधन एवं परिमार्जन गर्ने गरिन्छ ।

नेपालमा पहिलो पटक २०२८ सालमा नयाँ शिक्षा पद्धतिको योजनादेखि देशभर एकरूपता कायम गरी विद्यालय तहको पाठ्यक्रम बनाउन थालिएको हो ।

२०३६ सालको जनमत संग्रहपछि पञ्चायत अनुकूल र २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्वहालीपछि तदनुरूपको शिक्षा प्रणाली स्थापित गर्न २०४९ सालमा पाठ्यक्रम परिवर्तन गरिएको थियो ।

यसैगरी २०६३ सालपछि मुलुक गणतान्त्रिक व्यवस्थामा गएपछि उक्त राजनीतिक परिवर्तनलाई शिक्षामा आत्मसाथ गर्न भन्दै पुनः विद्यालय तहको पाठ्यक्रम परिमार्जन भएको थियो ।

अहिलेको पाठ्यक्रम नयाँ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने शैक्षिक रूपरेखाका रुपमा हेरिन्छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ का अनुसार अहिले हरेक पाँच पाँच वर्षमा आश्यकता अनुसारको पठ्क्रम परिमार्जन गर्ने गरिएको छ।

अहिले व्यवहारिक शिक्षाको अवस्था कमजोर रहेको छ। त्यसैले अब परिमार्जन गरिन लागिएको तथा भविष्यमा परिमार्जन गरिने पाठ्क्रमलाई पुस्तक तथा कक्षाकोठा केन्द्रित बनाउँने भन्दा पनि व्यवहारीक ज्ञान,सिप,सामुदायिक कार्य,परियोजना कार्य जस्ता विषययलाई प्राथमिक्तामा राख्न आवश्यक छ।