‘मिडिया र राजनीति’ सबैले पढनै पर्ने महत्वपूर्ण पुस्तक प्रकाशित

काठमाडौं। ‘मिडिया र राजनीति’ नामको अति महत्वपूर्ण पुस्तक नेपाली बजारमा आएको छ। जनपत्रकार सङ्गठन नेपालको विशेष प्रकाशनको रुपमा जनपत्रकार सङगठनले यो पुस्तक बजारमा ल्याएको हो।

यो पुस्तकमा नेपाली राजनीतिको समिक्षा सहित विवेचना गरिएको छ । पुस्तकमा राजनीति र मिडिया के कसरी जोडिएको छ ? र राजनीतिसंग मिडियाको सम्वन्ध कस्तो हुन्छ ? भन्ने बारे सरल भाषामा विषयवस्तुहरु प्रस्तुत गरिएको छ ।

पुस्तक भित्रका विशेष पठनीय सामग्रीको रुपमा नेकपाका महासचिव विप्लवको ‘मिसन पत्रकारिताले जनतामा सुन्दर भविष्यको आशा गर्नुपर्छ’ शिर्षकको विशेष अन्तरवार्ता प्रकाशित छ ।

यस्तै पुस्तकमा रेडियो जनगणतन्त्रका ती दिन शिर्षकको नेकपाका स्थायी समिति सदस्य अनिल शर्माको लेख प्रकाशित छ । पुस्तकमा वर्तमान आर्थिक सङ्कट र मिडियाका वारे विवेचना गरिएको जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माको ‘आर्थिक सङ्कटले खुम्चिएको प्रेस स्वतन्त्रता र नागरिक अधिकार’ शिर्षकको महत्वपूर्ण लेख प्रकाशित छ।

पुस्तकमा जनयुद्धकालमा सञ्चालन गरिएको सेति –महाकाली क्षेत्रको जनगणतन्त्र रेडियोमा काम गर्दाको अनुभूतिवारे जनपत्रकार सङ्गठन नेपालका सचिव वसन्त विकले लेखेको ‘जनयुद्धले जन्माएको जनगणतन्त्र रेडियो र मेरो अनुभूति’ शिर्षकको संस्मरण लेख प्रकाशित छ । यसले जनयुद्धमा रेडियो कसरी चलेको थियो ? भन्ने वारे बुझन सजिलो पारेको छ।

यस्तै पुस्तकमा सङ्गठनका कोषाध्यक्ष दिपेश विष्टको सामाजिक सञ्जाल र पत्रकारिता,सचिवालय सदस्य रनसुर महताराको नेपालमा डिटिजल पत्रकारिता, शोभराज बरालको सूचनाको हल र यसको प्रयोग,कर्ण विश्वकर्माको स्टुडियो बाटै पक्राउ शिर्षकका लेखहरु राखिएका छन । पुस्तकमा विशेष गरेर अधिवक्ता कपिलचन्द्र पोखरेलको ‘पत्रकारिता र कानुन’ शिर्षकको महत्वपूर्ण सामग्री छापिएको छ।

यसले पत्रकारिता भित्रको कानुनी कुरा बुझन धेरै मद्दत गर्ने आसा गरिएको छ। यस्तै पुस्तकमा सचिवालय सदस्य साहस भट्टको पत्रकारको पलायनता र यसको समाधान, धिरज प्रपालाको सुदूर पश्चिम प्रदेशमा आमसञ्चारको विकास र अवस्था, हेमन्त प्रकाश ओलीको सङ्गठनको आगामी कार्यभार,सुमन श्रेष्ठको जीवन एक सङ्घर्ष,मेरो आफ्नै भोगाइ शिषर्कका लेखहरु प्रकाशित छन।

पुस्तकमा लेखक तथा वरिष्ठ बामपन्थी नेता नारायण शर्माको ‘जनयुद्धकालीन जनादेश साप्ताहिकमा काम गर्दाका अनुभूति’ शिर्षकको सामग्री छापिएको छ। पुस्तकमा लेखक खेमथपलियाको पत्रकार,पत्रकारिता र समाजवाद शिर्षकको महत्वपूर्ण लेख समावेश छ। यस्तै साहित्यकार अशोक सुवेदीको नेपालको साहित्यिक बैचारिक पत्रकारिताः सरसर्ती अध्ययन शिर्षकको सामग्री छ।

पुस्तकमा चंकी श्रेष्ठको नेपाली आमसञ्चारमा भाषिक त्रुटि, कुबेर चालिसेको आर्थिक पत्रकारिताः देशको स्तर देखाउने खवर शिर्षकको लेखहरु प्रकाशित छ । यो पुस्तकमा राजनीतिक,आर्थिक,साहित्यक लगायतका विभिन्न विद्यागत सामग्रीहरु समावेश हुनु नै यसको विशेषपना हो।

पुस्तकको अन्तमा जनपत्रकार सङ्गठन नेपालका सचिवालय सदस्य तथा हालै निधन भएका वरिष्ठ पत्रकार सुदर्शराज पाण्डेको लेख र उनको निधनपछि पत्रकार वसन्त विकले लेखेको संस्मरण प्रकाशित छ।

जनपत्रकार सङ्गठन नेपाल प्रकाशक रहेको यो पुस्तक १७६ पेजको रहेको छ भने यसको व्यक्तिगत मुल्य रु २५० र संस्थागत मुल्य रु १००० रहेको छ । पुस्तक अनिवार्य सबैले पढन लायक भएकाले जनपत्रकार सङ्गठन नेपालसंग सम्पर्क गरेर पुस्तक प्राप्त गर्न सकिने छ।