इलाममा श्रीमतिको हत्या गरी श्रीमानद्वारा आत्महत्या

काठमाडौं। इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। सन्दकपुर गाउँपालिका १ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन्।

श्रीमतीको हत्यापश्चात उनले पनि आत्महत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए।

प्रहरीका अनुसार फूलकुमारीको शव घरभन्दा ६०–७० मिटर तल मूलबाटोमुनि फेला परेको छ भने उजबहादुरको शव नजिकै निबारोको रुखमा भुन्डिएको अवस्थामा भेटिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दुवैजनाको शव पोस्टमार्टमका लागि सदरमुकाम पठाइएको प्िरहरीले जनाएको छ।