सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार)सुनको मूल्यले कीर्तिमान कायम गरेको छ। अघिल्लो दिन ९सोमबार० १ लाख ५९ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला पाँच सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको हो।

महासंघका अनुसार हिजोको तुलनामा आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज १ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।