झापामा ८० हजार घुससहित वडाध्यक्ष पक्राउ

झापा। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं।२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कामका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन्।

ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेका छन्। घुस लेनदेनको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो। दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए।