रवि लामिछानेले अनुसन्धान अवरुद्ध गर्न खोजे: महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको बताएका छन्।

आज धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजे पनि साझेदारमध्ये एक छविलाल जोशी पक्राउ परिसकेको र उनले दिने बयानका आधारमा अनसन्धान अगाडि बढ्ने उनले बताए।

उनले भने,अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ,यो कानुनी राज्यमाथिको उपहास हो,कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ।

जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन’ उनले अगाडि भने।