सहकारी ठगीले रास्वपामा छटपटी: छविलालको बयानले रवि जेल जाने पक्का,कार्यकर्ता उचालेरै जोगिने दाउमा रवि ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा फस्ने भएपछि रास्वपा भित्र छटपटी बढ्दै गएको छ।र रास्वपाका नेताहरूले रवि बचाउन विभिन्न किसिमका अभिव्यक्ति दिने गरेका छन् भने रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले त रवि कुनै पनि हालतमा जेल नजाने ठोकुवा नै गरेका छन्।

त्यस्तै सहकारी ठगीको बिषयलाई राजनीतिकरण गरेको भन्दै सत्तारुढ दल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आरोप–प्रत्यारोप चलिरहेको छ। सरकार छानविन समितिको प्रतिवेदनलाई आधार मानेर रास्वपा सभापति लामिछानेलाई जेल हाल्न उद्धत रहदा सिंगो पार्टीपंक्ति नै भयभीत देखिएको छ।

सहकारी ठगीमा रास्वपा सभापति लामिछाने पक्राउ पर्ने चर्चासँगै चीन भ्रमणका लागि गएको उपसभापति डा.स्वर्णिम वाग्ले नेतृत्वको टोली स्वदेश फर्कि सकेको छ। गत शनिबार चीन भ्रमण गएको टोलीका १४ मध्ये आठ जना बिहीबार फर्किएका हुन् भने बाँकी ६ जना शुक्रबार फर्किदै छन्।

चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी०को निमन्त्रणामा १० दिनको भ्रमणमा निस्किएका नेताहरु पार्टी सभापति लामिछाने पक्राउ पर्नसक्ने भएपछि भ्रमण छोट्याएर पाँच दिनमा नै फर्किनु परेको हो।

उपसभापति वाग्लेले लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको भएकाले प्रतिकार गर्न बिचैमा भ्रमण टुंग्याएको स्पष्ट पारेका छन्। सभापति व्यक्ति मात्रै नभइ संस्था भएकाले त्यसको सामना एकजुट भएर गर्ने उनले बताए।

पार्टी सभापति लामिछानेले व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट रकम नलिएको छानबिन समितिले नै प्रष्ट उल्लेख गर्दापनि कसैको राजनीति जोगाउनकै लागि जबरजस्ती अपराधी बनाउन खोजिएमा प्रतिवाद गर्ने बताएका छन्। राजनीतिक प्रतिशोध साध्नकै लागि सभापतिलाई टार्गेट बनाएकाले प्रतिवाद गर्ने रास्वपा पार्टीले नै चेतावनी दिएको छ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता तथा लेखा समिति सभापति ऋषिकेश पोखरेलसमेत सहकारी ठगीमा मुछिदा पनि सरकरको अनुसन्धानको सुई रविमा मात्र केन्द्रित हुनुले आफ्ना नेता जोगाउने सरकरको नियत प्रष्ट भएको बुझाई रास्वपाको रहेको छ।

तीन÷चार करोडकोपछि लागेर ८७ सय करोडको मुद्दा सामसुम पार्ने प्रपञ्च भएको उसको दाबी छ।सहकारी पीडितलाई न्याय दिनुको सट्टा सरकारमा बसेका दलहरू झन् सहकारी ठगीलाई नै राजनीतिकरण गरेर आफ्नो स्वार्थ सिद्ध गरिरहेको आरोप रास्वपाको छ।

तर, रास्वपाले नै राजनीतिकरण गर्दा कानुनी कारवाही गर्न अप्ठ्यारो परेको एमालेको बुझाई छ। छानविन समितिको प्रतिवेदनले रास्वपा सभापतिलाई भन्दा पनि गोरखा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशकमाथि औला उठाउँदा रास्वपा पार्टी नै उर्लिएको एमाले महासचिव शङ्कर पोखरेल बताएका थिए।

भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका पार्टीहरु पनि वैकल्पिक शक्तिकै रुपमा उदाएका थिए।

उनीहरू राजनीतिक प्रतिशोधकै कारण जेल पनि चलान भए। अझै पनि सङ्घर्ष गरेरै राजनीतिको मैदानमा पनि फर्किएका छन्। तर, रास्वपा भने सभापतिसँगै सती जान खोजिरहेको छ।

अहिले पक्राउको हल्ला रास्वपा पार्टी सभापति भन्दा बढी गोर्खा मिडिया नेटवर्कका पूर्व एमडीको हैसियतमा रहेका रविको बिषय भएकाले अनुसन्धानमा पार्टी नै बाधक बन्न नहुने जानकारहरु बताउँछन्।

दुई तिहाईको सरकारले शक्तिको दुरुपयोग गर्दै व्यक्ति केन्द्रीत कारवाही र प्रतिषोध बढाउँदै गए जनताले त्यसको प्रतिवाद गर्ने भन्दै रास्वपा कार्यकर्ताको भीड उचाल्न खोज्दै छ।

कुण्ठा र इगो राखेर षड्यन्त्र गर्ने उद्देश्यले सरकार अघि बढेको बताएको रास्वपा गोरखा मिडियाका सञ्चालक मध्यका एक छविलाल जोशीको बयान नआउँदै छटपटिएको छ।

यदि रविको नैतिक धरातल बलियो हो भने उनी सरकारसँग पनि डराउनुपर्ने अवस्था बन्ने छैन। रास्वपा स्थापनाको सवालमा रविको क्रेज महत्वपूर्ण भए पनि एकसे एक क्षमतावान् नेता पार्टीभित्र भएकाले उनकै कारण पार्टी धरापमा परिनहाल्नेमा रास्वपाकै एक पंक्ति विस्वस्त छ।

त्यसकारण प्रहरीले अनुसन्धानको दायरामा ल्याउन खोज्दा प्रतिवाद वा प्रतिकार गर्नु रास्वपाकै लागि प्रत्यूत्पादक बन्नसक्ने सम्भावनालाई पनि नकार्न सकिदैन। त्यसैले रास्वपा पार्टीले आफ्ना कार्यकर्ता उचालेर रवि बचाउनु भन्दा सत्य तथ्य जे हो त्यो बाहिर ल्याउन सबै नेता कार्यकर्ताले सरकारलाइ सहयोग गर्नु पर्ने देखिन्छ।

र रवि बिना रास्वपा पार्टी नै भंग गर्नु पर्ने अवस्था आएको त छैन भन्ने प्रश्न उठेको छ,सभापतिको सति जानै पर्ने पार्टी भित्र क्षमतावान् नेता नभएकै हो भन्ने चर्चा हुन थालेको छ। त्यसैले रास्वपाका नेता कार्यकर्ताले बेलैमा सत्य तथ्य कुराको पत्ता लगाउनु जरूरी देखिएको छ।