नौबिसे–नागढुङ्गा सडक खण्डमा पहिरोले बस पुर्यो

धादिङ। धादिङको नौबिसे–नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ। सड़कमाथिबाट खसेको पहिरोले बस पुरिएको हो। बसका यात्रु सकुशल रहेका छन्। यस्तै ना ३ ख ७८५ नम्बरको ट्रकमा क्षति पुगेको छ।

प्रहरीका अनुसार माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरू बसबाट निस्किएकाले कुनै मानवीय क्षति भने भएको छैन। पहिरो आउने क्रम रोकिएको छैन। पहिरो खसे पछि सवारी साधनहरू बाटोमै अलपत्र परेका छन्।