घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं।नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।शुक्रबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।