हवाई भाडा महंगो नलिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा महंगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्युयोर्कमा रहेका उनले सामाजिक सञ्जालमार्फत विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका हुन् ।

हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो आइरहेको उल्लेख गर्दै उनले भनेका छन्,लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ ।

हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।

सिाथै उनले नेपाल सरकार, पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको जानकारी गराएका छन् । उनले सबै मिलेर प्राकृतिक विपत्तिको सामना गर्न गर्नुपर्ने बताएका छन्।