शिवपुरीमा हायस दुर्घटना, ११ जना घाइते

काठमाडौं । नुवाकोटको शिवपुरीस्थित चापाकोटमा हायस दुर्घटना भएको छ।

काठमाडौंबाट लमजुङ गइरहेको ग १ ख ४५२५ नम्बरको हायस चापाकोटमा दुर्घटना भएको हो। दुर्घटनामा ११ जना घाइते भएको नुवाकोटका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए।

२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।